गोकर्णेश्वर–५ जोरपाटीमा एक दिने प्राथमिक उपचार तालिम सफलतापूर्वक सम्पन्न

‘योगदान राष्ट्रको लागि’ गोकर्णेश्वर नगर समितिको आयोजनामा असोज १६ गते शुक्रबार टाइमलाइन स्कुलमा सञ्चालित प्राथमिक उपचार (First Aid) तालिम भव्य रूपमा सम्पन्न भएको छ ।

टाइमलाइन स्कुलका विद्यार्थी तथा शिक्षकहरूका लागि सञ्चालित प्राथमिक उपचार(First Aid) तालिम अन्तराष्ट्रिय प्रशिक्षक तथा केन्द्रीय अध्यक्ष श्री ओम उप्रेती ज्युले प्रशिक्षण दिनु भएको थियो । केन्द्रीय समिति उपाध्यक्ष श्री दिर्घ राज भट्टराई ज्यु , केन्द्रीय सदस्य तथा कार्यालय प्रमुख श्री केशव प्रसाद दंगाल ज्यु ,केन्द्रीय सदस्य श्री लक्ष्मी बराल ज्यु र गोकर्णेश्वर नगर कार्य समिति परिवारको विशेष उपस्थिति रहेको थियो ।
प्रशिक्षणमा आपत्कालीन अवस्थामा Immediate care (तत्काल उद्धार र उपचार) कसरी गर्ने भन्ने व्यावहारिक ज्ञान प्रदान गर्दै जीवन रक्षाका महत्त्वपूर्ण उपायहरूबारे जानकारी दिनुभएको थियो ।

 

 

Leave a comment