About Us

Yogadan Rastra ko Lagi

“योगदान राष्ट्रको लागि” संस्था नेपलना प्राथमिक उपचार सम्बन्धी तालिम दिई देशमा आइपर्ने दैवी प्रकोप, महामारी, दुर्घटना, तथा आपतकालिन अवस्थाका लागि जनशक्तिको विकास गरी स्वतन्त्र स्वयंसेवक खादा गरेर परेको बेला समाजमा योगदान दिन गठित एक सामाजिक मुनाफा रहित जनहितकारी संस्था हो । यो संस्थाले कार्य सुरुवात २०७४ साल देखि गरेको र मिति २०७७ असोज पाँच गते कम्पनी रजिस्टारको कार्यालय तथा मिति २०७७/६/२२ गते समाज कल्याण परिषदमा आवद्ध भइ कार्य गर्दै आएको छ । गाउँ नै गाउँले भरिएको हाम्रो देश सबै बस्तीमा आधारभूत स्वास्थ्य सेवा पुग्न सकेको छैन, अधिकांश बस्तीहरुमा सवास्था चेतनाको कमि रहेको छ । यहि तथ्यलाई मध्यनजर गरि यूएईमा रहेको Discovery Royal Sports LLC कम्पनीका प्रवन्धक, निर्देशक, Dubai Corporation For Ambulance Services प्रशिक्षक तथा प्राथमिक उपचार तालिम सम्बन्धी अन्तराष्ट्रिय मान्यता प्राप्त लण्डनमा मुख्यालय रहेको हाइफिलबाट अन्तराष्ट्रिय प्रशिक्षकको तालिम लिएका ओम उप्रेती जी द्वारा २०७४ चैत १ गतेबाट यो अभियानको शुरु भएको हो । निशुल्क प्राथमिक उपचार तालिम अभियान, विदेशमा सिकेको सीप र ज्ञानलाई नेपाल र नेपालीहरुलाई समर्पित गर्ने सामाजिक सेवाभावले सञ्चिलत यो अभियान नेपालका सबै जिल्लामा पुर्याउने लक्ष रहेको छ ।
Service for 7 Years

Om Uprety

Chairman

Our Mission

Any Queries
Any Time

Any Queries Any Time !

Address

Chabahil – 7, Kathmandu

Phone

01-4813025

मानव जीवनमा आइपर्ने विभिन्न दुर्घटना, विपत्ति र रोगहरुबाट कसरी बच्ने र बचाउने, आकस्मिक रुपमा कसैलाई अस्पताल लानु परेको अवस्थामा बिरामीलाई कसरी अकालमा मर्नबाट जोगाउने जस्ता अति आवश्यक जानकारीहरु प्रवाह गर्ने उदेश्यले गठित यो संस्था देशका ७७ वटै जिल्लामा जिल्ला समिति गठन गरि हरेक स्थानीय तहसंगको समन्वयमा सबै पालिका र वडाहरुमा समेत समिति गठन गरि हरेक गाउँ टोल सम्म प्राथमिक उपचार सम्बन्धी आधारभूत ज्ञान, सीप सिकाइको विकास गराउदै समाजमा हुन सक्ने घटना, दुर्घटना र क्षतिबाट जोगाउन प्रयत्नशील रहने संकल्प सहित आगाडि बढेको छ ।
नेपालमा स्वास्थ्य सम्बन्धि बिभिन्न संघसस्था र जनशक्ति भएता पनि कुनै पनि नागरिकलाई आकस्मिक रुपमा दुर्घटना भइ स्वास्थ्य सस्थासम्म पुर्याउनको लागि स्वयं घर परिवार, छिमेकी, समाज र स्वयं एम्बुलेन्स चालकलाई पनि दुर्घटना भएको नागरिकलाई तत्कालै आवश्यक पर्ने सामान्य उपचार गरी स्वास्थ्य संस्थासम्म कसरी पुर्याउने भन्ने ज्ञान, अनुभव, अभ्यास, चेतना नभएको हुँदा यस विषयलाई हामीले नागरिक, एम्बुलेन्स चालक साथै स्वास्थ्य संस्थाका कर्मचारीलाई यो प्राथमिक उपचार सम्बन्धि ज्ञान, अभ्यास सिकाउने र उहाँहरुको चेतना अभिबृद्दी गरि आकस्मिक रुपमा हुने दुर्घटनाबाट घाइते भएका नागरिकलाई प्राथमिक उपचारको बिधी अपनाई साथै एम्बुलेन्सबाट स्वास्थ्य संस्थामा सहज र व्यवस्थित तरिकाले पुर्याउने कामको सहजता गर्ने । अहिले हाम्रो देशमा प्राथमिक उपचारलाई विषयको रुपमा मानिएको छैन । तर यसका कारण धरै नागरिकले अकालमा ज्यान गुमाउन पर्ने र ज्यान जोखिममा परेको छ । यस सम्बन्धि चेतनाका लागि संस्थाले काठमाडौं महानगरपालिकालाई कार्य क्षेत्र मध्यनजर गरी कार्यक्रम गर्दै आएको छ । काठमाडौं उपत्यका जहाँ अवसरको खोजीमा धेरै नागरिकहरुको बसोबास रहेको हुँदा यहाँ दैनिक रुपमा सवारी दुर्घटना भइ बेहोस हुने, अंग भंग हुने, रक्तश्राव हुने, करेण्ट लाग्ने, आगलागी हुने, विष सेवन, पानीमा डुब्ने, आघात, स्वाश प्रश्वाश र रक्तसंचार प्रणाली, नाकबाट रगत आउने दुर्घटनाहरु दैनिक रुपमै घटिरहेको हुँदा यस ठाउँमा प्राथमिक उपचार सम्बन्धि ज्ञान, अभ्यास र चेतना बढाउन सकियो भने यसको औचित्यता बढ्ने छ ।