एक सय रुपैयाँको अभियान

नेपाली जनताद्धारा नेपाली जनताको लागि नेपाली जनताले नै सञ्चालन गर्ने गरी सञ्चालित

रु.१०० को योगदान अभियान किन ?

“योगदान राष्ट्रको लागि” संस्था नेपालमा प्राथमिक उपचार सम्बन्धी तालिम दिई देशमा आइपर्ने दैवी प्रकोप, महामारी, दुर्घटना तथा आपतकालिन अवस्थाका लागि जनशक्तिको विकास गरी स्वतन्त्र स्वयंसेवक खडा गरेर परेको बेला समाजमा योगदान दिन गठित एक सामाजिक, मुनाफारहित र जनहितकारी संस्था हो । यो संस्थाले कार्य शुरुवात २०७४ सालदेखि गरेको र मिति २०७७ असोज ५ गते कम्पनी रजिष्टारको कार्यालय तथा मिति २०७७/०६/२२ गते समाज कल्याण परिषदमा आवद्ध भई कार्य गर्दै आएको छ ।

संस्थाको पृष्ठभुमि

वि.स. २०७४ बाट सुरु भई वि.स. २०७७ मा विधिवत रुपमा दर्ता भएको यो संस्थाले प्राथमिक उपचार, हाम्रो सरोकार नारा लिई, एक घर, एक प्राथमिक उपचारकको दुरदृष्टि लिई अगाडि बढेको विद्यमान परिस्थितिमा यस संस्थाका संस्थापक अध्यक्ष ओम प्रसाद उप्रेती र उहाको सिंगो सञ्चालक समितिबाट मन, धन, बचन र कर्मले भ्याएसम्म देशको मेचीदेखि महाकालीसम्म प्राथमिक उपचार सम्बन्धी जनचेतना, तालिम लगायतको कार्यक्रम अगाडि बढाईरहेकै छ । यसरी देशभरीबाट हजारौंको संख्यामा तालिम र सचेतनामार्फत सुसूचित गराउँदै आएको छ । यसरी यस संस्थाले लिएको एक घर, एक प्राथमिक उपचारको अवधारणालाई कार्यन्वयन गर्न सिंगो सञ्चालक समितिको मात्र अथक प्रयासबाट कठिन देखिएकोले यस योगदान राष्ट्रको लागि सञ्चालक समितिबाट निर्णय गराई नेपाली जनताद्धारा नेपाली जनताका लागि नेपाली जनताले नै सञ्चालन गर्ने गरी रु.१०० को अभियान सुरु गरिएको छ । यस अभियानबाट उठेको रकमबाट यस संस्थाले देशभरी नै प्राथमिक उपचार सम्बन्धी तालिम, सचेतना कार्यक्रम सञ्चालन गर्नेछ । यस सहयोगको अभियानमा विश्वमै छरेर रहेका नेपालीले योगदान राष्ट्रको बैंक खाता अन्तर्गतको क्युआर कोड मार्फत स्वेच्छिक रुपमा रु.१०० वा स्वइच्छ अनुसार सहयोग गर्न सक्नुहुनेछ ।

Scann to donate

उद्देश्य

यो संस्था मुनाफारहित जनहितकारी संस्था हुनेछ । स्वास्थ्य क्षेत्रमा योगदान जस्तैः प्राथमिक उपचार, सरसफाई, जनचेतना लगायत सम्पूर्ण सामाजिक कार्यक्रम गर्ने, गराउने । प्राथमिक उपचार, आगलागी, बाढी पहिरोबाट बच्ने उपायको तालिम सञ्चालन गर्ने तथा दैनिक जीवनमा आइपर्ने समस्याहरुको समाधानमा सहयोग गर्ने । गुणस्तरीय एम्बुलेन्स सेवा सञ्चालन गर्ने । दैवी प्रकोपमा योगदान गर्न स्वयंसेवकको भूमिका निर्वाह गर्न विभिन्न कार्य गर्ने । देशमा दैवी प्रकोपको कारणले सृजना भएको प्रतिकुल परिस्थितिमा आवश्यक सहयोग गर्न पहल गर्ने । राष्ट्रलाई आइपर्ने महामारी, भवितव्य आपतकालिन समस्यासँग जुध्न प्रशिक्षित जनशक्ति तयार गर्ने ।

दाताहरू

Abiral Raj Uprety

chitwan

Yubaraj Adhiakri

Jhapa

Yubaraj Adhikari

Bara

Krishna Kumar Giri

Sunshari

Sarada Shrestha

Kathmandu

Sunita Pandey

Dhading

Deb Prasad Budha

Dolpa

Phajulka Sangraula

chitwan

Dipa Adhikari Kunwar

chitwan

Ram Bahadur Bohara

Doti