निर्मल माध्यमिक विद्यालयमा प्राथमिक उपचार तालिम सम्पन्न ।

हेटौँडा उपमहानगरपालिका–१९ स्थित निर्मल माध्यमिक विद्यालयमा “योगदान राष्ट्रका लागि” हेटौँडा उपमहानगरपालिका समितिको आयोजनामा प्राथमिक उपचार तालिम सफलतापूर्वक सम्पन्न भएको छ ।
“योगदान राष्ट्रका लागि” हेटौँडा उपमहानगरपालिका समितिका अध्यक्ष श्री सफल दुतराज ज्यू को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका केन्द्रीय अध्यक्ष तथा अन्तराष्ट्रिय प्रशिक्षक श्री ओम उप्रेती ज्यू ले सहभागीहरूलाई प्राथमिक उपचारसम्बन्धी व्यावहारिक तालिम प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा केन्द्रीय सदस्यहरू श्री मिलन सेढाईं ज्यू र श्री अभिषेक उप्रेती ज्यू को विशेष उपस्थिति रहेको थियो ।

 

 

Leave a comment