योगदान राष्ट्रको लागि रत्ननगर समितिद्धारा वृक्षरोपण कार्यक्रम सफलतापूर्वक सम्पन्

योगदान राष्ट्रको लागि रत्ननगर समितिद्धारा वृक्षरोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । साउन १७ गते आइतबारका दिन समितिले श्री राष्ट्रिय आधारतभूत विधालय अमोलिया,अटिजम स्रोत कक्षा रत्ननगर न.पा १३ चितवानमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा विभिन्न प्रकारका विरुवा रोपिएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य श्री रामहरी लम्साल ज्यू, रत्ननगर समिति अध्यक्ष श्री विरन्जना सापकोटा घिमिरे ज्यू, सचिव श्री बद्री धिताल ज्यू, सहसचिव श्री लक्ष्मी पौडेल ज्यू ,कोषाध्यक्ष श्री गीता भट्टाराई ज्यू, सल्लाहकार श्री बसन्त राना ज्यु, स्कुलका व्यवस्थापन समितिका अध्यक्ष श्री नरहरी अधिकारी ज्यू, आमा समूह अध्यक्ष श्री बेलकुमारी श्रेष्ठ ज्यू लगायत सदस्यहरुको उपस्थिति थियो ।

हरियाली वातावरण निमार्ण, स्वच्छ समाज र स्वस्थ समुदायको लागि हामी सबैको सानो योगदान, ठुलो परिवर्तनको सुरुवात हो । भन्ने साझा उद्देश्यका साथ कार्यक्रम सम्पन्न गरेको हो ।

Leave a comment