अर्घाखाँचीमा असार २७ गते शनिबार सञ्चालन गरिएको बृहत रक्तदान कार्यक्रममा ८१ पोका रगत संकलन भएको छ ।
नेपाल मोबाइल व्यवसायी संघ अर्घाखाँचीको आयोजनामा तथा नेपाल नियमित रक्तदाता संघ अर्घाखाँची, लायन्स क्लब अफ अर्घाखाँची र ‘योगदान राष्ट्रको लागि’ सन्धिखर्क नगर समितिको सहआयोजनामा वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
रक्तदानमार्फत जीवन बचाउने उद्देश्यका साथ आयोजित कार्यक्रममा विभिन्न सरकारी निकाय, सामाजिक संघ–संस्था तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।
