हेटौंडामा प्राथमिक उपचार तालिम सम्पन्न

असार २१ गते आइतबार हेटौंडामा प्राथमिक उपचार सम्बन्धी तालिम सम्पन्न भएको छ । योगदान राष्ट्रको लागि रत्ननगर समिति चितवनको तर्फबाट केन्द्रीय सदस्य रामहरी लम्साल, रत्ननगर समितिका अध्यक्ष विरन्जना घिमिरे सापकोटाले प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।

प्राथमिक उपचारको ज्ञानले आपत्कालीन अवस्थामा अमूल्य जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस सम्बन्धी प्रशिक्षण दिइएको रत्ननगर समितिका अध्यक्ष सापकोटाले बताउनुभयो । तालिममा सिकेका कुरा घर परिवार, समाजमा लागु गर्न अनुरोध पनि गर्नुभयो ।

कुनै पनि दुर्घटना भइहालेमा प्राथमिक उपचार गर्न सकियो भने ज्यान बचाउन सकिने भएकाले तालिम सबैलाई आवश्यक रहेको बताउनुभयो ।

Leave a comment