योगदान राष्ट्रको लागि काठमाडौं महानगर समितिद्वारा वृक्षरोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । असार २० गते शनिबारका दिन समितिले कागेश्वरी मनोहरा नगरपालिका ०८, तेज विनायक माध्यमिक विद्यालय (असाहाय गाईबाच्छा संरक्षण अभियान) मा वृक्षरोपण गरेको हो । कार्यक्रममा विभिन्न प्रकारका विरुवा रोपिएको थियो । कार्यक्रममा समितिका अध्यक्ष दिनेश रुवाली, उपाध्यक्ष अमिता अधिकारी, सचिव सुरज न्यौपाने, कोषाध्यक्ष विजना त्रिताल, सदस्यहरुको उपस्थिति थियो ।
प्रकृतिप्रतिको जिम्मेवारी र हरियाली नेपाल निर्माण गर्ने साझा उद्देश्यका साथ कार्यक्रम सम्पन्न गरेको हो ।
