योगदान राष्ट्रको लागि यूएई समितिद्वारा दुबईमा योगदान दिवस सम्पन्न

योगदान राष्ट्रको लागि यूएई समितिले दुबईमा छैटौं योगदान दिवस भब्यताका साथ सम्पन्न गरेको छ । जेठ ३१ गते आइतबारका दिन युएई समितिले भब्यताका साथ सम्पन्न गरेको हो ।

युएई समितिका अध्यक्ष दिवस चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका परिकल्पनाकार तथा केन्द्रीय अध्यक्ष ओम उप्रेती, केन्द्रीय सदस्य ललिता अर्याल, पूर्णबहादुर ओली, सुनिलकुमार श्रेष्ठ, आजीवन सदस्यहरु रघुनाथ दुंगेल, कृष्ण खतिवडा, दुर्गा सुनार, प्रदिप सापकोटा, रिदम अबिरल, सागर उप्रेती, शिवलाल रेग्मि, सुन्दर बुढामगर, हरि सुनार, शन्ध्या शाक्य, शान्ता खनाल, अन्य साधारण सदस्यहरुको उपस्थिति थियो ।

यस्तै उक्त कार्यक्रमबाट आउदो शनिवार राति २०–जुन २०२६ मा हँुदै गरेको फुटबल खेलमा योगदान राष्ट्रको लागि यूएई समिति मार्फत स्वंयमसेबकको लागि पूर्ण बहादुर ओली, प्रदिप सापकोटा, रघुनाथ ढुंगेल, दिवश चापागाई, ओम उप्रेती, मनोज उप्रेतीलगायतको उपस्थिति रहने निर्णय भएको छ ।

कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक एवं समितिका सचिव मनोज उप्रेतीले गर्नुभएको थियो ।

Leave a comment