योगदान राष्ट्रको लागि भद्रपुर नगर समिति झापाले छैटौं योगदान दिवसको अवसरमा खाद्य सामग्री हस्तान्तरण तथा फलफूल वितरण कार्यक्रम गरेको छ ।
जेठ २९ गते शुक्रवार नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र भद्रपुर ४ झापाचोकमा कार्यक्रम गरेको हो ।
नगर समितिका अध्यक्ष डिल्लीराम पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा समितिका पदाधिकारी, सदस्यहरुको उपस्थिति थियो ।
