योगदान राष्ट्रको लागि विदुर नगर समितिको आयोजनामा प्राथमिक उपचार सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न

योगदान राष्ट्रको लागि विदुर नगर समितिको आयोजनामा प्राथमिक उपचार सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भएको छ । छैटौं योगदान दिवसको अवसरमा जेठ २९ गते शुक्रवारका दिन विदुर युवा क्लब भवन नुवाकोटमा कार्यक्रम गरेको हो ।

कार्यक्रममा आजीवन सदस्य अम्बिका श्रेष्ठले संस्थाको लक्ष्य, उद्देश्यबारे जानकारी गराउनुभएको थियो । प्राथमिक उपचारको महत्वबारे पनि जानकारी गराइएको थियो । कार्यक्रम नगर समिति अध्यक्ष रमेश विश्वकर्माको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा उपाध्यक्ष अच्युत आचार्य, सचिव सुशान श्रेष्ठ, कोषाध्यक्ष सितादेवी खड्कालगायत सदस्यहरुको उपस्थिति थियो ।

 

Leave a comment