योगदान राष्ट्रको लागि छैटौं स्थापना दिवस भब्यताका साथ सम्पन्न

सामाजिक संस्था योगदान राष्ट्रको लागि को छैटौं स्थापना दिवस भब्यताका साथ सम्पन्न भएको छ । संस्थाले जेठ २९ गते शुक्रवारका दिन पालिकादेखि केन्द्रसम्म विभिन्न कार्यक्रमका साथ छैटौं योगदान दिवस मनाएको हो ।

केन्द्रीय समितिको आयोजनामा ओम समाज डेन्टल हस्पिटलको हल, गोपीकृष्ण, चाबहिलमा भएको कार्यक्रम संस्थाका केन्द्रीय कोषाध्यक्ष दीर्घराज भट्टराईको अध्यक्षतामा र बरिष्ठ कलाकार, चर्चित नायक रमेश उप्रेतीको प्रमुख आतिथ्यतामा भएको हो ।

केन्द्रीय प्रवक्ता हिरण्यराज उप्रेतीले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रममा स्वास्थ्य सल्लाहकार, ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष डा. सुवास घिमिरे, प्रमुख सल्लाहकार श्याम कँडेल, सामाजिक व्यक्तित्व प्रभा घिमिरे, दुर्गा बहादुर गान्धारी, केन्द्रीय सदस्य खेमराज उप्रेती, दुर्गाप्रसाद राई, नमुना पाण्डे, शर्मिला थापा, लक्ष्मी बराल, रमा शर्मा गौतम, केशव प्रसाद दंगाल, काठमाण्डौ महानगर समिति अध्यक्ष दिनेश रुवाली, उपाध्यक्ष अमिता अधिकारी, सचिव सुरज न्यौपाने, कोषाध्यक्ष विजना त्रिताल, गोकर्णेश्वर नगर समिति अध्यक्ष कृष्ण प्रसाद चौलागाई, चन्द्रागिरी नगर समिति अध्यक्ष जिनमाया चापागाई, सचिव मधु महर्जन, केन्द्रीय बाल सञ्जाल उपाध्यक्ष आदित्य भट्टराई, आजीवन सदस्य, साधारण सदस्य, स्वयंसेवक तथा शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि उप्रेतीले योगदान राष्ट्रको लागि संस्था समाज, देशको हितका लागि स्थापना भएको बताउनुभयो । संस्थामा लागेकाहरु निस्वार्थ रुपमा लागेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले प्राथमिक उपचार गाउँगाउँमा पुग्न जरुरी रहेको समयमा संस्थाले यो कामलाई तीब्रताका साथ अघि बढाएको बताउनुभयो । संस्थाको साथमा सधैं रहने बताउनुभयो ।

विशेष अतिथि डा. घिमिरेले योगदानको नामै काफि रहेको र देशका लागि आवश्यक पर्ने संस्था रहेको बताउनुभयो । कार्यक्रममा प्रमुख सल्लाहकार श्याम कँडेल, केन्द्रीय सदस्य लक्ष्मी बराल, शर्मिला थापा, काठमाण्डौ महानगर समिति अध्यक्ष दिनेश रुवाली, गोकर्णेश्वर नगर समिति अध्यक्ष कृष्णप्रसाद चौलागाई, चन्द्रागिरी नगर समिति अध्यक्ष जिनमाया चापागाई, आजीवनको सदस्यको तर्फबाट धनप्रसाद घिमिरेलगायतले मन्तब्य राख्नुएको थियो । कार्यक्रमको सञ्चालन कार्यालय सचिव बेलिना थापाले गर्नुभएको थियो ।

Leave a comment