छैटौं योगदान दिवसमा विराटनगरमा निःशुल्क आँखा परीक्षण तथा परामर्श सेवा शिविर

छैटौं योगदान दिवसको अवसरमा विराटनगरमा निःशुल्क आँखा परीक्षण तथा परामर्श सेवा शिविर सम्पन्न भएको छ ।

योगदान राष्ट्रका लागि विराटनगर महानगर कार्यसमितिको आयोजनामा जेठ २९ गते पूर्वाञ्चल बाल सेवा आश्रममा रहेका बालबालिका तथा वृद्धवृद्धाहरूको आँखा परीक्षण, परामर्शका साथै निःशुल्क औषधी उपलब्ध गराइएको हो ।

शिविर रानी आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको हो । कार्यक्रम विराटनगर महानगर समितिका अध्यक्ष अर्जुन श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

Leave a comment