चन्द्रागिरीमा प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण सम्पन्न

जेठ २९ गते परेको छैटौं योगदान दिवसको अवसरमा योगदान राष्ट्रको लागि चन्द्रागिरी नगर समितिको आयोजनामा प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ ।

जेठ २३ गते शनिबारका दिन ओम समाज डेन्टल हस्पिटल नैकापको हलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा योगदान राष्ट्रको लागि केन्द्रीय सदस्य नमुना पाण्डे, काठमाण्डौ महानगर समिति उपाध्यक्ष अमिता अधिकारीले प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । संस्थाको बारेमा जानकारीका साथै प्राथमिक उपचारको महत्वबारे पनि जानकारी गराइएको थियो ।

कार्यक्रम चन्द्रागिरी नगर समितिका अध्यक्ष जिनमाया चापागाईको अध्यक्षतामा भएको थियो । कार्यक्रममा समितिका पदाधिकारी, सदस्य, स्थानीयहरुको उपस्थिति थियो ।

Leave a comment