जनप्रिय मावि, हेटौँडामा प्राथमिक उपचार तालिम सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न

योगदान राष्ट्रको लागि हेटौंडा उपमहानगरपालिका समितिको आयोजनामा प्राथमिक उपचार सम्बन्धी तालिम सम्पन्न भएको छ । मिति २०८२ साल जेठ ८ गते शुक्रवारका दिन हेटौंडा उपमहानगरपालिका वडा नं. १६ स्थित जनप्रिय माविमा समितिका अध्यक्ष श्री सफल दुतराज ज्यूको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष एवं संस्थाका आजीवन सदस्य श्री रामकृष्ण कोइराला ज्यू प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा संस्थाका आजीवन सदस्य श्री सुमन्त सिलवाल ज्यूले योगदान राष्ट्रको लागि अभियान र यसका उद्देश्यबारे विस्तृत जानकारी गराउनुभएको थियो । विद्यालयका विद्यार्थीहरूलाई आपत्कालीन अवस्थामा अपनाउनुपर्ने प्राथमिक उपचारका विधि र प्रक्रियाबारे केन्द्रीय सदस्य, प्रशिक्षक श्री मिलन सेढाई ज्यूले व्यावहारिक प्रशिक्षण दिनुभएको थियो ।
योगदान राष्ट्रको लागि हेटौँडा उपमहानगरपालिका समितिका उपाध्यक्ष श्री निरञ्जन मानन्धर ज्यूले कार्यक्रम संयोजकको भूमिका निर्वाह गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव श्री अस्मिन रसाइली ज्यूले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो ।

Leave a comment