धनकुटामा प्राथमिक उपचार सचेतना कार्यक्रम सम्पन्न

‘योगदान राष्ट्रको लागि’ अभियानको “एक घर, एक प्राथमिक उपचारक” भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै मिति २०८३ जेठ २ गते शनिबारका दिन धनकुटामा प्राथमिक उपचार सचेतना कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
योगदान राष्ट्रको लागि, धनकुटा नगर समितिको आयोजना र सरस्वती ध्यान केन्द्रको व्यवस्थापनमा सरस्वती ध्यान केन्द्रको हल, सल्लेरी वनमा उक्त तालिम सञ्चालन गरिएको थियो । कार्यक्रममा धनकुटा नगर समितिका सदस्यहरू लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
कार्यक्रमका दौरान प्राथमिक उपचार तालिमको अपरिहार्यता र यसको सामाजिक महत्त्वमाथि प्रकाश पार्दै पूर्व प्राध्यापक एवं अधिवक्ता ठाकुरप्रसाद बराल र उच्च अदालत धनकुटा इजलासका रजिस्ट्रारले आफ्ना महत्त्वपूर्ण तथा गहन भनाइहरू राख्नुभएको थियो ।
उक्त विशेष तालिमको सञ्चालन ‘योगदान राष्ट्रको लागि’ का केन्द्रीय सदस्य प्रकाश निरौला तथा धनकुटा नगर समितिका सदस्य पृतम लिम्बूले गर्नुभएको थियो । तालिमको समापनसँगै योगदान राष्ट्रको लागि धनकुटा नगर समितिमा नव–आबद्ध हुनुभएका सम्पूर्ण महानुभावहरूलाई स्वागत गर्दै प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

Leave a comment