योगदान राष्ट्रको लागि काठमाडौं महानगर समितिको आयोजनामा प्राथमिक उपचार सम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न भएको छ । हाम्रो बाल संरक्षण धरोहर नेपाल टोखामा चैत्र १४ गते शनिबारका दिन करिब ७० जना बालबालिकाहरूलाई प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो ।
कार्यक्रममा संस्थाका केन्द्रीय सदस्य श्री शर्मिला थापा ज्यू, केन्द्रीय सदस्य श्री रमा शर्मा गौतम ज्यू, काठमाडौं महानगर समितिका सचिव श्री डोलराज न्यौपाने ज्यू, श्री कोषाध्यक्ष बिजना त्रिताल ज्यू, सदस्यहरु श्री दुर्गा भुजेल ज्यू, श्री रमेशराज अधिकारी ज्यू, श्री प्रेम प्रसाद पौडेल ज्यू, लगायतको उपस्थिति रहेको थियो भने काठमाडौं महानगर समितिका पदाधिकारीज्यूहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो । उक्त तालिम काठमाडौं महानगर समितिका अध्यक्ष श्री दिनेश रुवाली ज्युद्वारा सञ्चालन गरिएको थियो । उहाँले बालबालिकाहरूलाई प्राथमिक उपचारका आधारभूत सीप तथा आपतकालीन अवस्थामा अपनाउनुपर्ने उपायहरूबारे प्रभावकारी रूपमा प्रशिक्षण दिनुभएको थियो ।
हाम्रो बाल संरक्षण धरोहर नेपाल संस्थाकी संरक्षक श्री बिनिता अर्याल ज्यूले कार्यक्रम अत्यन्तै लाभदायक तथा ज्ञानमूलक रहेको बताउँदै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्न अनुरोध गर्नुभएको थियो । कार्यक्रममा सहभागी नानीबाबुहरूले पनि अत्यन्त खुसी व्यक्त गर्दै तालिमबाट महत्वपूर्ण ज्ञान हासिल गरेको बताएका छन् ।
