योगदान राष्ट्रको लागि इटहरी उपमहानगर समिति सुनसरीको आयोजनामा प्राथमिक उपचार तालिम सम्पन्न भएको छ । चैत्र १२ गते बिहीबारका दिन इटहरी ४ सुनसरीस्थित निःसाहाय बालबालिका सेवा आश्रममा तालिम सञ्चालन गरिएको हो । तालिममा संस्थाका केन्द्रीय सदस्य एवं प्रशिक्षण विभागका संयोजक श्री रामहरी लम्साल ज्यू, इटहरी उपमहानगरपालिका समिति अध्यक्ष श्री डा. खगेन्द्र ओली ज्यूले प्रशिक्षण दिनुभएको थियो ।
इहटरी उपमहानगर समितिले विभिन्न ठाउँमा सक्रियताका साथ तालिम सञ्चालन गर्दैै आएको छ ।
