योगदान राष्ट्रको लागि निजगढ नगर समिति बाराले निजगढ नगरपालिका वडा नं. ८ स्थित श्री गौरीशंकर माध्यमिक विद्यालयमा प्राथमिक उपचार तालिम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी निजगढको संयोजन र जुनियर रेडक्रस सर्कल गौरीशंकर माविको व्यवस्थापनमा मिति २०८२ साल चैत्र ११ गते बुधबारका दिन कार्यक्रम गरेको हो । कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रशिक्षण विभागका संयोजक श्री रामकृष्ण घिमिरे ज्यूले संस्थाको उद्धेश्यको बारेमा जानकारी गराउनुभयो । विद्यालयमा अध्ययनरत कक्षा ११ का विद्यार्थीहरूलाई संस्थाका केन्द्रीय सदस्य तथा विपद् व्यवस्थापन विभागका केन्द्रीय संयोजक श्री रामहरी लम्साल ज्यूले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा योगदान राष्ट्रको लागि निजगढ नगर समितिका अध्यक्ष श्री सरस्वती चौलागाईं ज्यू, सचिव श्री भावना सुनुवार ज्यू, अभियान्ता तथा सञ्चारकर्मी श्री मनिता पाण्डे लक्ष्मी ज्यू, र विद्यालयमा अध्ययनरत ६२ जना विद्यार्थीहरु, विद्यालयका प्रधानध्यापक र शिक्षक शिक्षिकाहरूको वृहत उपस्थिति थियो । कार्यक्रमको समापन नेपाल रेडक्रस सोसाइटी निजगढ शाखाका सभापति तथा सोही विद्यालयका कर्मचारी श्री रुद्र धिताल ज्यूले गर्नुभएको थियो ।
