पशुपति मन्दिर परिसरमा प्राथमिक उपचार सम्बन्धी जनचेतनामूलक कार्यक्रम

योगदान राष्ट्रको लागि, काठमाडौं महानगर समितिको आयोजनामा पशुपति क्षेत्र विकास कोष परिसरमा फागुन ३ गते महाशिवरात्रिको दिन १ दिने प्राथमिक उपचार तथा जनचेतनामूलक कार्यक्रम भव्य रूपमा सफल भएको छ । उक्त कार्यक्रममा २०० भन्दा बढी आगन्तुक धर्मावलम्बीहरूले प्राथमिक उपचार सम्बन्धी तालिम तथा जीवन बचाउने आधारभूत ज्ञान हासिल गर्नु भएको छ । आपतकालीन अवस्थामा सही र छिटो कदम चाल्न सक्ने सीप अभिवृद्धि गर्ने यस अभियानमा सबैको उत्साहजनक सहभागिता प्रशंसनीय रहेको थियो ।
कार्यक्रममा योगदान राष्ट्रको लागि केन्द्रीय कोषाध्यक्ष दीर्घराज भट्टराई, प्रवक्ता हिरण्यराज उप्रेती, केन्द्रीय सदस्य शर्मिला थापा, रमिला श्रेष्ठ, काठमाण्डौ महानगर समिति अध्यक्ष दिनेश रुवाली, उपाध्यक्ष अमिता अधिकारी, कोषाध्यक्ष बिजना त्रिताल, काठमाण्डौ समिति सदस्य रमा शर्मा गौतम, राधेश्याम श्रेष्ठ, दुर्गा भुजेल, सुवास बुढाथोकी, मधु पोख्रेल, समितिका प्रमुख सल्लाहकार धनप्रसाद घिमिरे, बाल सदस्यहरुलगायतको उपस्थिति थियो ।

 

Leave a comment