योगदान राष्ट्रको लागि केन्द्रीय समिति र गोकर्णेश्वर नगर समितिको आयोजनामा भक्तपुरमा प्राथमिक उपचार सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
मिति २०८२ माघ २६ गते सोमवारका दिन पतन्जली च्वङ्गा गणेश योग साधना केन्द्र भक्तपुरमा कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा योगदान राष्ट्रको लागि परिकल्पनाकार, केन्द्रीय अध्यक्ष एवं अन्तर्राष्ट्रिय प्रशिक्षक श्री ओम उप्रेती ज्युले प्रशिक्षण दिनुभएको छ ।
