बेनीघाट रोराङ गाउँपालिकामा एक घर, एक प्राथमिक उपचार तालिम शुभारम्भ

धादिङको बेनीघाट रोराङ गाउँपालिकामा एक घर, एक प्राथमिक उपचार अभियान शुभारम्भ भएको छ । माघ २२ गते बिहीवारबाट गाउँपालिकामा विभिन्न गाउँमा तालिम शुरु गरिएको छ । पहिलो दिन बेनीघाट रोराङ गाउँपालिका ३ का ५ वटा ठाउँमा तालिम सम्पन्न भएको छ । माथिल्लो ओर्बाङमा केन्द्रीय अध्यक्ष एवं अन्तराष्ट्रिय प्रशिक्षक श्री ओम उप्रेती ज्युको नेतृत्वमा, पागरजिपमा आजीवन सदस्य एवं प्रशिक्षक श्री नवराज उप्रेती ज्युको नेतृत्वमा घरघरमा तालिम सम्पन्न भएको छ । खानीगाउँमा इटहरी उपमहानगरपालिका समिति अध्यक्ष श्री डा. खगेन्द्र ओली ज्युको नेतृत्वमा, रिचोकटारमा केन्द्रीय सदस्य श्री राम हरी लम्साल ज्युको नेतृत्वमा र ईलाका प्रहरी बिशाालटारमा केन्द्रीय अध्यक्ष श्री ओम उप्रेती ज्युको नेतृत्वमा प्राथमिक उपचार प्रशिक्षण सम्पन्न भएको छ । प्रशिक्षण टोलीमा केन्द्रीय सदस्य श्री खेमराज उप्रेती ज्यु, श्री अमृत ओझा ज्यु, श्री शैलेन्द्र विष्ट ज्यु, श्री बिजयकुमार श्रेष्ठ ज्यु, संस्थाका आजीवन सदस्य, साधारण सदस्य, स्वयंसेवकहरुको उपस्थिति थियो । प्रशिक्षण कार्यक्रम अन्य वडामा पनि माघ २५ गतेसम्म सञ्चालन हुनेछ ।

 

Leave a comment