हेटौंडाको सिटी कलेजमा प्राथमिक उपचार तालिम सम्पन्न

योगदान राष्ट्रको लागि हेटौंडा उपमहानगरपालिका समिति मकवानपुरको आयोजनामा माघ २० गतेका दिन हेटौंडाको सिटी कलेजमा प्राथमिक उपचार तालिम सम्पन्न गरेको छ । तालिममा योगदान राष्ट्रका केन्द्रीय अध्यक्ष श्री ओम उप्रेती ज्यू ले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा योगदान राष्ट्रको लागि केन्द्रीय सदस्यहरू मिलन सेढाईं, आजीवन सदस्य मनिष अधिकारी, निराजन मानन्धर, हेटौँडा सीटी कलेजका शिक्षक सुमन्त सिलवाल, हरिहर खतिवडा, कलेजका विद्यार्थीहरुको उपस्थिति थियो ।
हेटौंडा उपमहानगरपालिका समितिका अध्यक्ष श्री सफल दुतराज ज्यूको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अस्मिन रसाइलीले गर्नुभएको थियो ।

 

Leave a comment