निजगढमा प्राथमिक उपचार तालिम सम्पन्न

योगदान राष्ट्रको लागि निजगढ नगर समिति बाराको आयोजनामा एक दिने प्राथमिक उपचार तालिम सम्पन्न भएको छ । माघ २० गते मंगलवारका दिन निजगढ नगरपालिका २ सिंगौलमा तालिम सञ्चालन भएको हो । तालिममा प्रायोजन तथा सहयोग निजगढ नगरपालिका २ र ३ को वडा कार्यालयको रहेको थियो । तालिममा केन्द्रीय अध्यक्ष श्री ओम उप्रेती ज्युले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य रामकृष्ण घिमिरे, नगर समिति अध्यक्ष सरस्वति चौलागाई, पदाधिकारी, सदस्य, स्थानीयको उपस्थिति थियो ।

Leave a comment