योगदान राष्ट्रको लागि भीमदत्त नगरपालिका समिति कन्चनपुरका अध्यक्ष ज्योत्सना विष्टको पहलमा १ महिने माला पोते बनाउने तालिम माघ २० गते सम्पन्न भएको छ । तालिम भीमदत्त नगरपालिका र व्यावसायिक सीप बिकास तालिम केन्द्र महेन्द्रनगरको संयुक्त साझेदारीमा भीमदत्त नगरपालिका १ मा संचालन गरिएको हो । तालिम समापन कार्यक्रममा नगरपालिका उपप्रमुख श्री निलम लेखक जोशी ज्यु ले सहभागी महिलाहरु प्रति खुशी व्यक्त गर्नुभयो । तालिममा सिकेको सिपलाई उपयोगमा ल्याउनुपर्ने र तालिममा लगाएको लगानीले प्रतिफल दिने बताउनुभयो । तालिममा सहभागीले आत्मनिर्भरका लागि कार्य थालनी गरेमा पालिकाबाट पनि आवश्यक सक्दो सहयोग गर्ने बताउनुभएको छ ।
