योगदान राष्ट्रको लागि वनभोज तथा विविध कार्यक्रम भब्यताका साथ सम्पन्न !!

योगदान राष्ट्रको लागि अभियानको आयोजनामा काठमाण्डौको टोखा नगरपालिका २ स्थित चण्डेश्वरी मन्दिर परिसरमा वनभोज तथा विविध कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । केन्द्रीय समिति, काठमाण्डौ महानगर समिति, चन्द्रागिरी नगर समितिको आयोजनामा भएको वनभोज कार्यक्रममा साँस्कृतिक कार्यक्रमका साथै घैटो फुटाई, म्युजिकल चियर, चिट्ठालगायतको प्रतियोगिता भएको थियो ।
सोही अवसरमा काठमाण्डौ महानगर समितिको अध्यक्षमा दिनेश रुवाली र चन्द्रागिरी नगर समितिको अध्यक्षमा जिनमाया चापागाईंलाई चयन गरिएको छ । निवर्तमान अध्यक्षहरु काठमाण्डौका शर्मिला थापा र चन्द्रागिरीका अन्जना खड्काले पद हस्तान्तरण गर्नुभएको हो । ति समितिलाई छिटै पूर्णता दिइने छ । कार्यक्रमका संस्थाका परिकल्पनाकार, केन्द्रीय अध्यक्ष ओम उप्रेती, प्रमुख सल्लाहकार श्याम कँडेल, कोषाध्यक्ष दीर्घराज भट्टराई, केन्द्रीय सदस्य केशव प्रसाद दंगाल, खेमराज उप्रेती, नमुना पाण्डे, दुर्गा प्रसाद राई, लक्ष्मी बराल, शैलेन्द्र विष्ट, शर्मिला थापा, अन्जना खड्का, पालिका समितिका पदाधिकारी, आजीवन सदस्य, साधारण सदस्य, बाल सदस्यहरुको उपस्थिति थियो ।

Leave a comment