योगदान राष्ट्रको लागि रत्ननगर समिति चितवनले चितवनमा सञ्चालित रत्ननगर महोत्सव स्थलमा प्राथमिक उपचार केन्द्र स्थापना गरी स्वास्थ्य सेवा प्रदान गरेको छ । केन्द्रमार्फत ६ सय ७० जनाले स्वास्थ्य सेवा पाएका छन् । उनीहरुको प्रेसर, सुगर परीक्षण गरिएको रत्ननगर समितिका अध्यक्ष विरन्जना घिमिरे सापकोटाले बताउनुभयो । उहाँका अनुसार महोत्सव सञ्चालन अवधि पुस २५ गतेदेखि माघ ६ गतेसम्म केन्द्रमार्फत स्वास्थ्य सेवा दिइएको थियो । बेहोस भएका ७ जनालाई प्राथमिक उपचार गरिएको छ । ८ जना घाइते भएका खेलाडीलाई प्राथमिक उपचार गरिएको छ । महोत्सवको पहिलो दिन पुस २५ गतेको शोभायात्रामा समितिले ब्यानर सहित सहभागिता जनाएको थियो । महोत्सवमा प्राथमिक उपचारको आवश्यकता पर्ने कुरालाई मध्यनजर राखि केन्द्र स्थापना गरिएको थियो । केन्द्रबाट उपचार सम्बन्धि जनचेतना पनि दिइएको थियो ।
