अर्घाखाँचीमा सञ्चालन भइरहेको सातौँ अर्घाखाँची महोत्सव स्थलमा योगदान राष्ट्रको लागि सन्धिखर्क नगर समितिले प्राथमिक उपचार स्टल स्थापना गरेको छ । महोत्सवमा आउने दर्शकलाई मध्यनजर गर्दै प्राथमिक उपचार स्टल स्थापना गरिएको र स्टलबाट प्राथमिक उपचार सम्बन्धि जनचेतना समेत दिइएको छ । प्राथमिक उपचार गर्नुपर्ने अवस्थाका दर्शकलाई उपचार सेवा पनि दिइएको नगर समितिका अध्यक्ष गोमा सापकोटा रेग्मीले बताउनुभयो । मानिसको भिडभाड भएको ठाउँमा चोटपटक वा अन्य स्वास्थ्य समस्या आउन सक्ने भन्दै नगर समितिले स्टलको व्यवस्थापन गरेको हो ।
