योगदान राष्ट्रको लागि झापा (दमक) नगर समितिद्वारा अपाङ्गता बालबालिकाहरुलाई फलफूल बितरण

योगदान राष्ट्रको लागि झापा (दमक) नगर समितिद्धारा अपांगता भएका बालबालिकाहरुलाई फलफूल वितरण गरिएको छ । मंसिर २३ गतेका दिन अन्तराष्ट्रिय मानब अधिकार दिवसको सन्दर्भमा फलफूल बितरण गरिएको हो । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत अन्तिम दिन तारावारी आधारभूत विद्यालय दमक–४ मा अध्ययन गर्नै बौद्धिक अपाङ्ता भएका बालबालिकाहरुलाई फलफूल बितरण गरिएको हो । सो कार्यक्रममा दमक नगर पालिका वडा नं. ४ का वडा अध्यक्ष पुण्य प्रसाद दाहालको प्रमुख आथित्यता तथा आयोजक संस्थाका अध्यक्ष हेमकला न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो । संचालन सचिव गोबिन्द राज कट्टेलले गर्नुभएको कार्यक्रममा योगदान राष्ट्रको लागी योगदान दमक नगर समितिका पदाधिकारी एवम् बिद्याालयका शिक्षक शिक्षिकाहरुको उपस्थिती रहेको थियो ।

 

Leave a comment