निजगढमा निःशुल्क मुटुरोग परीक्षण शिविर सम्पन्न

योगदान राष्ट्रको लागि निजगढ नगर समिति बाराको आयोजनामा निःशुल्क मुटुरोग परीक्षण शिविर सम्पन्न भएको छ । मंसिर १२ गते शुक्रबारका दिन गौरीशंकर क्याम्पस निजगढ ९ बारामा कार्यक्रम गरिएको हो । शिविरमा नेशनल मेडिकल कलेज विरगञ्ज १५ पर्साको प्राविधिक सहयोग थियो । शिविरमा ३ सय ५२ जनाले मुटु परक्षिण गरेका छन् ।
कार्यक्रम संयोजक श्री राम हरी खरेल ज्युको संयोजकत्वमा भएको थियो । कार्यक्रममा निजगढ नगर समितिका पदाधिकारी, सल्लाहकार, सदस्यको उपस्थिति थियो ।

 

Leave a comment