चितवनको रत्ननगरमा प्राथमिक उपचार सम्बन्धी तालिम सम्पन्न

योगदान राष्ट्रको लागि रत्ननगर नगर समितिको आयोजनामा चितवनको रत्ननगरमा प्राथमिक उपचार सम्बन्धी तालिम सम्पन्न भएको छ । २०८२ साल मंसिर ३ गते बुधबारका दिन रत्ननगर नगरपालिका १० स्थित हन्स् मनोरञ्जन केन्द्र सौराहचोकमा तालिम सञ्चालन गरिएको हो । कार्यक्रम रत्ननगर नगर समिति अध्यक्ष श्री विरन्जना घिमिरे सापकोटा ज्यु को अध्यक्षता तथा रत्ननगर नगरपालिकाका उपप्रमुख श्री यादव प्रसाद पाठक ज्युको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं. १० का अध्यक्ष श्री कलाधर पौडेल ज्यु, उद्योग वाणिज्य संघका अध्यक्ष श्री शंकर गिरी ज्यु, ग्रिन आर्मी नेपालका प्रशिक्षक श्री हरि दराई ज्यु, पूर्वी चितवन पत्रकार मंचका अध्यक्ष श्री होमनाथ सापकोटा ज्यु, योगदान राष्ट्रको लागि केन्द्रीय सदस्य श्री ललिता अर्याल ज्यु, रत्ननगर समितिका सल्लाहकारहरु श्री रामहरी लम्साल ज्यु, श्री बसन्त राना ज्यु, श्री लक्ष्मण पौडेल ज्युलगायतको उपस्थिति थियो ।
तालिममा संस्थाका केन्द्रीय अध्यक्ष, परिकल्पनाकार, अन्तर्राष्ट्रिय प्रशिक्षक श्री ओम उपे्रती ज्युले प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । तालिममा निजी तथा सामुदायिक विद्यालयका शिक्षकशिक्षिका, इलाका प्रहरी कार्यालयका प्रहरी, नगर प्रहरी, स्थानीयलगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन रत्ननगर नगर समितिका सचिव श्री बद्रि धिताल ज्युले गर्नुभएको थियो ।

 

Leave a comment