सामाजिक संस्था योगदान राष्ट्रको लागि अभियानको ५ औँ बार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न भएको छ । कात्तिक २९ गते शनिबारका दिन ए वान पार्टी प्यालेस सरस्वतीनगर, चाबहिलमा संस्था अध्यक्ष श्री ओम प्रसाद उप्रेती ज्युको अध्यक्षता, संस्थाका स्वास्थ्य सल्लाहकार, ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष श्री डा.सुवास घिमिरे ज्युको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा संस्थाका केन्द्रीय उपाध्यक्ष श्री राहुल कौशल ज्युले स्वागत मन्तब्य राख्दै संस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा बरिष्ठ कलाकार श्री रमेश उप्रेती ज्यु, पूर्व सुरक्षाकर्मी परिषद्का संरक्षक, राष्ट्रिय सेवा दलका पूर्व कार्यकारी महानिर्देशक तथा संस्थाका आजीवन सदस्य उपरथी श्री सुरेश कुमार कार्की ज्य्ु, बरिष्ठ पत्रकार विरेन्द्र जैरु, प्रमुख सल्लाहकार श्री श्याम कँडेल ज्यु, योगदानका सल्लाकार एवं आजीवन सदस्य श्री रामकृष्ण घिमिरे ज्यु, गोकर्णेश्वर नगर समिति अध्यक्ष श्री कृष्णप्रसाद चौलागाई ज्यु, काठमाण्डौ महानगर समिति अध्यक्ष श्री शर्मिला थापा ज्यु, निजगढ नगर समिति अध्यक्ष श्री सरस्वती चौलागाई ज्यु, आजीवन सदस्य श्री बबि भारती ज्यु, काठमाण्डौ महानगर समिति सल्लाहकार एवं आजीवन सदस्य श्री लक्ष्मी बराल ज्युलगायतले मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा संस्थामा आवद्ध भई प्राथमिक उपचारको क्षेत्रमा उल्लेखनीय काम गर्ने दुई जनालाई सीएफएन हिरोबाट सम्मानित गरिएको छ । पुरुषतर्फ धादिङका श्री राज कुमार बिसुराल ज्युलाई सम्मान गरिएको छ । उहाँ आजीवन सदस्य हुनुहुन्छ । महिलातर्फ काठमाण्डौका श्री बिजना त्रिताल ज्युलाई सम्मानित गरिएको छ । उहाँ काठमाण्डौ महानगर समितिका कोषाध्यक्ष हुनुहुन्छ ।
यस्तै, उत्कृष्ट पालिको रुपमा काठमाण्डौ महानगर समितिलाई सम्मान गरिएको छ । उत्कृष्ट पालिका अध्यक्षको रुपमा इटहर उपमहानगर समिति अध्यक्ष श्री डा. खगेन्द्र ओली ज्य्ुलाई सम्मान गरिएको छ । उत्कृष्ट अन्तराष्ट्रिय पालिका समितिको रुपमा यूएई समितिलाई सम्मान गरिएको छ । महिला उद्यमी एवं आजीवन सदस्य श्री रेखा शर्मा चौधरी ज्यु लाई सम्मान गरिएको छ । यस्तै, विभिन्न क्षेत्रमा रही योगदानलाई सहयोग गर्दै आउनुभएको व्यक्तिहरुलाई सम्मान गरिएको छ । यस्तै, विभिन्न पालिका समिति, आजीवन सदस्यहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा बरिष्ठ कलाकार श्री निर्मल शर्मा ज्यु, आजीवन सदस्य तथा समाजसेवी ताराबहादुर कार्की, समाजसेवी श्री बसन्त राना ज्यु, समाजसेवी तथा आजीवन सदस्य श्री दिपेन्द्र सिंह ज्यु, समाजसेवी श्री शैलेन्द्र विष्ट ज्यु, नवजिवन परोपकार बृद्धाआश्रम अध्यक्ष तथा समाजसेवी श्री दुर्गानाथ दाहाल ज्यु, सल्लाहकार तथा समाजसेवी श्री केएन सिलवाल ज्यु, बरिष्ठ पत्रकार नविन धमला, नविन काफ्ले, समाजसेवी श्री राधाकृष्ण खठ्का ज्यु, संस्थाका केन्द्रीय पदाधिकारी, पालिका पदाधिकारी तथा सदस्यहरु, संस्थाका आजीवन सदस्यज्युहरु, साधारण सदस्यज्युहरुको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन योगदान राष्ट्रको लागि प्रवक्ता हिरण्य राज उप्रेती र कार्यालय प्रमुख बेलिना थापाले गनुर््भएको थियो ।
