बेनीघाट रोराङ गाउँपालिकामा – “एक घर- एक प्राथमिक उपचारक” कार्यक्रम शुरू

काठमाण्डौ – योगदान राष्ट्रको लागि संस्थाले धादिङको बेनीघाट रोराङ गाउँपालिकामा एक घर, एक प्राथमिक उपचारक कार्यक्रम शुरू गरेको छ । संस्थाको आयोजना तथा प्राविधिक सहयोग र गाउँपालिकाको आर्थिक सहयोगमा मंसिर १ गतेबाट कार्यक्रम शुभारम्भ गरिएको हो !
कार्यक्रमको उद्घाटन बेनीघाट रोराङ गाउँपालिका वडा नं. ३ स्थित ओर्वाङ आधारभूत विद्यालयमा गरिएको हो । कार्यक्रम संस्थाका अध्यक्ष एवं अन्तर्राष्ट्रिय प्रशिक्षक श्री ओम उप्रेती ज्युको अध्यक्षता र बेनीघाट रोराङ गाउँपालिका अध्यक्ष श्री कृष्ण बहादुर थपलिया (विवेक) ज्यु को प्रमुख आतिथ्यतामा भएको हो । गाउँपालिका अध्यक्ष थपलिया ज्यु ले शिक्षा, स्वास्थ्य क्षेत्रको प्राथमिकताका साथ काम गरेको बताउनुभयो । नागरिकको समस्यालाई मध्यनजर गरी गाउँपालिकाले योजना बनाएर काम गर्ने गरेको बताउनुभयो । प्राथमिक उपचार सबै नागरिकका लागि आवश्यक रहेकाले यस सम्बन्धी कार्यक्रम गाउँपालिकामा सञ्चालन गरिएको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री राम बाबु पौडेल ज्यु, वडा नं. ३ का वडा सदस्य श्री राजेन्द
प्रसाद सिलवाल ज्यु, वडा सचिव श्री केशर बहादुर भुजेल ज्यु, गाउँपालिका स्वास्थ्य संयोजक श्री रमेश अर्याल ज्यु, योगदान राष्ट्रको लागि केन्द्रीय सदस्य श्री ललिता अर्याल ज्यु, श्री खेमराज उप्रेती ज्यु, बेनीघाट रोराङ गाउँपालिका समिति अध्यक्ष श्री अमृत ओझा ज्यु, गाउँपालिका स्वास्थ्य शाखाका श्री कुमार चेपाङ ज्यु, ओर्वाङ आधारभूत विद्यालयका प्रधानाध्यापक श्री राम माया थापा ज्यु, भुमेस्गान आधारभूत विद्यालयका प्रधानाध्यापक श्री जंग बहादुर लोहनी, योगदान राष्ट्रको लागि धादिङ जिल्लाका पूर्व अध्यक्ष श्री बसन्त सिलवाल ज्यु, आजीवन सदस्य श्री राजकुमार बिसुराल ज्यु, हाइवे विपद उद्दार तथा समाजसेवी श्री राजकुमार ठकुरी ज्यु, योगदान राष्ट्रको लागि गाउँपालिका समितिका कोषाध्यक्ष श्री रमिला गौली ज्यु, सदस्य श्री अनिता कालाखेती ज्यु, प्रेमनाथ सिलवाल ज्यु लगायतको उपस्थिति थियो ।
कार्यक्रममा योगदान राष्ट्रको लागि केन्द्रीय अध्यक्ष श्री ओम उप्रेती ज्युले प्राथमिक उपचार सम्बन्धि प्रशिक्षण दिनुभएको थियो ।
Leave a comment