योगदान राष्ट्रको लागि संस्थाको आयोजनामा प्राथमिक उपचार सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । कात्तिक २८ र २९ गते ओम समाज डेन्टल हस्पिटल चाबहिलमा तालिम सम्पन्न भएको हो । तालिममा संस्थाका अध्यक्ष एवं परिकल्पनाकार श्री ओम प्रसाद उप्रेती ज्युले प्रशिक्षण दिनुभएको थियो । उहाँले प्राथमिक उपचार सम्बन्धि शैद्धान्तिक र प्रयोगात्मक रुपमा तालिम दिनुभएको थियो । तालिममा करिव १०० जनाको सहभागिता थियो ।