योगदान राष्ट्रको लागि रत्ननगर समिति (चितवन) पुनः गठन कार्यक्रम सम्पन्न भएको छ । मिति २०८२ कात्तिक २५ गते शनिबारका दिन चिम्नी रेष्टुरेष्ट सौराहचोकमा भएको भेलाबाट विरन्जना घिमिरको अध्यक्षतामा समिति पुनः गठन गरिएको हो । समितिको उपाध्यक्षमा सौरभ रिजाल, सचिवमा वद्रि धिताल (वोलिन), सहसचिवमा लक्ष्मी पौडेल चयन हुनुभएको छ । सदस्यहरुमा पार्वती देवी मगर, लिला दाहाल, लक्ष्मी देवी तामाङ, कमल घिमिरे, श्रृती राणा, ईश्वरी सिमखडा, निरज साह, अनु बोहरा, अरुणा कट्टेल रहनुभएको छ । सल्लाहकारमा रामहरी लम्साल, बसन्त राणा, लक्ष्मण पौडेल रहनुभएको छ । अरु सदस्य पछि कार्य समिति बैठकले थप गरिने छ ।
