योगदान राष्ट्रको लागि हेटौँडा उपमहानगरपालिका समितिको अध्यक्षमा सफल दुतराज चयन

योगदान राष्ट्रको लागि हेटौँडा उपमहानगरपालिका समितिको पुनर्गठन गरिएको छ । असोज ८ गते बुधबारका दिन आर्शीवाद होटल, खोपे गल्लीमा भएको कार्यक्रम मार्फत श्री सफल दुधराज ज्युको अध्यक्षतामा समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा श्री निरन्जन मानन्धर ज्यु, सचिवमा श्री अस्मिन रसाइली ज्यु, कोषाध्यक्षमा श्री अनिता अधिकारी ज्यु चयन हुनुभएको छ । अन्य सदस्यहरु रहेका छन् ।

कार्यक्रममा संस्थाका केन्द्रीय अध्यक्ष श्री ओम उप्रेती ज्यु को अध्यक्षता तथा केन्द्रीय सदस्य श्री अभिषेक उप्रेती ज्यु, श्री रुपक कालीराज ज्यु र श्री मिलन सेढाई ज्युको उपस्थितमा भएको हो ।

 

Leave a comment