योगदान राष्ट्रको लागि चन्द्रागिरी नगरपालिका समितिको आयोजनामा एक दिने प्राथमिक उपचार तालिम सम्पन्न भएको छ । मिति २०८२ असोज ४ गते शनिबारका दिन ओम समाज डेन्टल हस्पिटल, नैकापमा तालिम आयोजना गरिएको हो । तालिममा योगदान राष्ट्रको लागि केन्द्रीय अध्यक्ष, अन्तर्राष्ट्रिय प्रशिक्षक ओम उप्रेतीले प्रशिक्षण दिनुभएको थियो । तालिममा केन्द्रीय समितिका कोषाध्यक्ष दीर्घराज भट्टराई, प्रवक्ता हिरण्यराज उप्रेती, काठमाण्डौ महानगर समिति अध्यक्ष शर्मिला उप्रेती, चन्द्रागिरी नगर समितिका अध्यक्ष अन्जना खड्का, समितिका पदाधिकारी, आजीवन सदस्य, साधारण सदस्यहरुको उपस्थिति थियो ।
तालिम ओम समाज डेन्टल हस्पिटल नैकाप, लायन्स क्लब अफ काठमाण्डौ इन्द्र अन्नपूर्ण योगा र लियो काठमाण्डौ इन्द्र इन्द्र अन्नपूर्णको सहआयोजनामा तालिम सञ्चालन गरिएको हो ।
