योगदान राष्ट्रको लागि केन्द्रीय समिति र काठमाडौं महानगर समितिको आयोजनामा राष्ट्रपति भवन बाहिरी परिसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । “देश संकटमा हुँदा हाम्रो योगदान” भन्ने नाराका साथ भदौ २८ गतेका दिन कार्यक्रम गरेको हो । सरसफाई कार्यक्रममा समितिका पदाधिकारी तथा सदस्यज्यूहरूको सक्रिय सहभागिता रहेको थियो । देशले संकट झेलिरहेका बेला प्रत्येक सदस्यको सानो योगदान पनि ठूलो प्रेरणाको स्रोत बन्न सक्छ भन्ने सन्देश अभियानमार्फत दिइएको छ ।
