योगदान राष्ट्रको लागि अभियानले सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं. २ मा स्वयंम सेवक समिति विस्तार गरेको छ ।
भदौ ७ गते शनिबारका दिन इटहरी उपमहानगरपालिका वडा नं. २ को बेलगाछी चौकमा भएको भेलाबाट नीरकुमार मगरको संयोजकत्वमा १३ सदस्यीय वडा नं. २ स्वंयमसेवक समिति गठन गरिएको हो । सामाजिक ब्यक्तित्व सुधीर (राजेन्द्र) अधिकारीको सभापतित्वमा, योगदान राष्ट्रको लागि इटहरी उपमहानगरपालिका समिति अध्यक्ष डा. खगेन्द्र ओलिको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सामाजिक अभियन्ता प्रमोद पौडेल, संयुक्त नारी मञ्चकी उपाध्यक्ष सरिता आले, सचिव बिष्णा विश्वकर्मा, देबिथान टोल बिकास समिती अध्यक्ष मेमकुमार आलेमगरलगायतको उपस्थिति थियो ।
कार्यक्रमको सञ्चालन योगदान राष्ट्रको लागि इटहरी उपमहानगरपालिका समितिका उपाध्यक्ष फणिन्द्र प्रसाद दाहालले गर्नुभएको थियो ।
