योगदान राष्ट्रको लागि इटहरी समितिद्धारा विपन्न परिवारको घरको भुई ढलान

योगदान राष्ट्रको लागि इटहरी उपमहानगर समिति सुनसरीले विपन्न परिवारको घरको भुई ढलान कार्य गरेको छ ।
मिति २०८२÷०४÷१७ गते शनिबारका दिन इटहरी उपमहानगरपालिका वडा नं. ५ रामजानकी चौकमा श्रीमान प्यारालाइसिस ले थला परेको र श्रीमती पनि शारीरिक अशक्त भएको, आर्थिक अवस्था नाजुक भएको एक घरको भुई ढलान कार्य सम्पन्न गरेको हो । इटहरी समितिका अध्यक्ष डा.खगेन्द्र ओलि ज्यु को अध्यक्षतामा सम्पन्न श्रमदान कार्यमा संस्थाका बैकल्पिक केन्द्रिय सदस्य पुष्प ढुंगाना ज्यु, इटहरी समितिका उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सदस्य ज्यु हरुको उपस्थिति थियो ।
उक्त कार्यका लागि लुमिन केयर सर्भिस अस्ट्रेलियाले १३ हजार १ सय २२ रुपैयाँ सहयोग गरेको थियो । जीवन खाती र केदार ओझाले सिमेन्ट सहयोग गर्नुभएको थियो ।

Leave a comment