योगदान राष्ट्रको लागि इटहरी उपमहानगर समिति सुनसरीको आयोजनामा अति विपन्न बालबालिकालाई विद्यालय पोशाक र स्टेशनरी वितरण गरिएको छ । मिति २०८२ साउन ६ गते मंगलबारका दिन इटहरी उपमहानगरपालिका वडा नं. ७ स्थित लक्ष्मी माध्यमिक विद्यालयका २० जना बालबालिकालाई विद्यालय पोशाक र कपि, पेन, ज्यामिटी बक्सलगायतको स्टेशनरी वितरण गरिएको हो ।
उक्त कार्यक्रम साइना देउजाको जन्मदिनको अवसरमा आयोजना गरिएको हो । कार्यक्रमका लागि देउजाको बुबा सुमन देउजाको आर्थिक सहयोगमा सम्पन्न भएको हो ।
कार्यक्रम योगदान राष्ट्रको लागि इटहरी उपमहानगर समितिका अध्यक्ष डा. खगेन्द्र ओलीको अध्यक्षतामा, निःसाहाय बालबालिका सेवा आश्रम केन्द्र इटहरीका अध्यक्ष गिता गौतमको प्रमुख आतिथ्यता, वडा नं. ७ का कार्यावाहक अध्यक्ष राधा आचार्यको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा योगदान राष्ट्रको लागि इटहरी उपमहानगर समितिका पदाधिकारी, सदस्य, विद्यालयका शिक्षक, विद्यार्थी, समाजसेवी, स्थानीयको उपस्थिति थियो ।
योगदान राष्ट्रको लागि संस्था नेपालमा प्राथमिक उपचार सम्बन्धी तालिम दिई देशमा आइपर्ने दैवी प्रकोप, महामारी, दुर्घटना तथा आपतकालिन अवस्थाका लागि जनशक्तिको विकास गरी स्वतन्त्र स्वयंसेवक खडा गरेर परेको बेला समाजमा योगदान दिन गठित एक सामाजिक, मुनाफारहित र जनहितकारी संस्था हो । यो संस्थाले कार्य शुरुवात २०७४ सालदेखि गरेको र मिति २०७७ असोज ५ गते कम्पनी रजिष्टारको कार्यालय तथा मिति २०७७÷०६÷२२ गते समाज कल्याण परिषदमा आवद्ध भई कार्य गर्दै आएको छ ।
