योगदान दिवसको अवसरमा यूएईमा प्राथमिक उपचार तालिम तथा साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

योगदान राष्ट्रको लागि को पाचौं स्थापना दिवसको अवसरमा युएईमा प्राथमिक उपचार तथा साँस्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।
योगदान राष्ट्रको लागि युएई समितिको आयोजनामा १५ जुन, २०२५ (असार १, २०८२) का दिन बरदुबईमा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा संस्थाका परिकल्पनाकार एवं केन्द्रीय अध्यक्ष ओम उप्रेतीले प्राथमिक उपचार सम्बन्धि तालिम प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न कलाकारहरुको साँस्कृतिक प्रस्तुति समेत रहेको थियो । कार्यक्रममा केन्द्रीय सदस्य ललिता अर्याल, पूर्णबहादुर वली, युएई समिति उपाध्यक्ष मुक्ति उप्रेती, सचिव मनोज उप्रेती, कोषाध्यक्ष भुमिराज कँडेल, सल्लाहकार, आजीवन सदस्य, सदस्य, स्वंयसेवक, युएईमा रहेका विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो ।

 

Leave a comment