योगदान स्थापना दिवसमा सरसफाई तथा अन्तरक्रिया कार्यक्रम

योगदान राष्ट्रको लागि स्थापना दिवसको अवसरमा योगदान राष्ट्रको लागि भिमदत्त नगर समिति, कन्चनपुरले सरसफाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
मिति २०८२ जेठ २९ गते बिहीबार बैजनाथधाम, कबर्ड हल पछाडि कन्चनपुरमा कार्यक्रम सम्पन्न गरेको हो । धामको सरसफाईका साथै संस्थाको बारेमा अन्तरक्रिया गरिएको थियो । यस्तै आश्रममा आश्रितलाई फलफुल, जुस, विस्कुट वितरण गरिएको थियो ।
यस्तै, बेलुका दिप प्रज्वलन गरिएको थियो । कार्यक्रममा बैकल्पिक केन्द्रीय सदस्य गंगा विष्ट, भिमदत्त नगर समिति अध्यक्ष जोत्सना विष्ट, अन्य पदाधिकारी, सदस्यहरुको उपस्थिति थियो ।

Leave a comment