योगदान राष्ट्रको लागि पाचौं स्थापना दिवसको अवसरमा भिमदत्त नगर कार्य समिति (कन्चनपुर) ले वृद्धवृद्धाहरुको स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
मिति २०८२ जेठ २८ गते बुधबारका दिन भिमदत्त नगरपालिका १ वडा कार्यालय परिसरमा कार्यक्रम सम्पन्न गरेको हो । महाकाली आर्युवेदिक संस्थाको प्राविधिक सहयोगमा गरिएको कार्यक्रममा १०५ जना बृद्धबृद्धाहरुको सुगर, प्रेसर, कोलस्ट्रोल जाँच गर्नुका साथै आर्युवेदिक औषधी वितरण गरिएको थियो ।
कार्यक्रममा योगदान राष्ट्रको लागि बैकल्पिक केन्द्रस्य सदस्य, भिमदत्त नगर कार्य समिति (कन्चनपुर) का अध्यक्ष जोत्सना विष्ट, सचिव सम्झना सिंह, सल्लाहकार सरस्वति दाहाल, योगदानको सदस्य, स्वयंसेवकहरुको उपस्थिति थियो ।
