पाचौं योगदान दिवसको उपलक्ष्यमा बृहत रक्तदान सम्पन्न

योगदान राष्ट्रको लागि संस्थाको पाचौं स्थापना दिवसमा केन्द्रीय समितिको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
मिति २०८२ जेठ २९ गते बिहीबारका दिन ओम समाज डेन्टल हस्पिटल चाबहिलमा लायन्स क्बल अफ काठमाडौं बासुकी तथा लायन्स क्लब अफ काठमाडौ डिग्निटि सुजिल फर्माको सह आयोजना, ग्राण्डी इन्टरनेशनल हस्पिटल ब्लड बैंकको प्राविधिक सहयोग तथा योगदान राष्ट्रको लागि काठमाडौं महानगरपालिका समिति, योगदान राष्ट्रको लागि गोकर्णेश्वर नगरपालिका समिति, योगदान राष्ट्रको लागि चन्द्रागिरी नगरपालिका समिति र ब्लड डोनर्स एसोसिएसन नेपाल, गोकर्णेश्वर नगर समिति र ओम समाज डेन्टल हस्पिटलको समन्वयमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदान कार्यक्रममा २८ पिन्ट ब्लड संकलन भएको थियो ।

Leave a comment