प्राथमिक उपचार सम्बन्धि २ दिने तालिम भब्यताका साथ सम्पन्न

योगदान राष्ट्रको लागि संस्थाको आयोजना र काठमाडौं महानगरपालिका वडा नं. ७ को सहयोगमा प्राथमिक उपचार सम्बन्धि २ दिने तालिम भब्यताका साथ सम्पन्न भएको छ ।

चाबहिलस्थित जुम क्याफेमा सञ्चालन भएको तालिम मिति २०८२ जेठ ११ गते आइतबारबाट सुरु भई जेठ १२ गते सोमबार समापन गरिएको हो । तालिमको उद्घाटन समारोह योगदान राष्ट्रको लागि केन्द्रीय अध्यक्ष ओम उप्रेतीको अध्यक्षता र काठमाडौं महानगरपालिका वडा नं. ७ का अध्यक्ष विमल कुमार होडाको प्रमुख आतिथ्यतामा भएको हो ।

तालिमको उद्घाटन गर्नुहुँदै वडा नं. ७ का अध्यक्ष श्री विमलकुमार होडा ज्युले योगदान राष्ट्रको लागि संस्थाले नागरिकलाई बचाउने अभियानमा लागेको भन्दै प्रंशसा गर्नुभयो । मानव जातिलाई बचाउने कुरामा संस्थाले राष्ट्रिय अन्तराष्ट्रिय रुपमा गरेको काम उदाहरणीय रहेको बताउनुभयो । वडाबासीलाई प्राथमिक उपचार सम्बन्धि तालिम सिक्ने अवसर मिलेको भन्दै मौकाको फाइदा उठाउन अनुरोध गर्नुभयो ।

वडा सदस्य श्री रुपा थापा क्षेत्री ज्युले प्राथमिक उपचार सबै नागरिकका लागि आवश्यक रहेको महशुश गरी तालिम आयोजना गरिएको बताउनुभयो । हरेक घरका एक जनालाई भएपनि प्राथमिक उपचार बारे ज्ञान हुन जरुरी रहेको उहाँले बताउनुभयो ।

तालिम उद्घाटन समारोहमा योगदान राष्ट्रको लागि केन्द्रीय प्रवक्ता श्री हिरण्यराज उप्रेती ज्युले स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा केन्द्रीय सचिव श्री विष्णु मणी भण्डारी ज्यु, कोषाध्यक्ष श्री दीर्घराज भट्टराई ज्यु, सदस्य श्री केशव प्रसाद दंगाल ज्यु, श्री ललिता अर्याल ज्यु, काठमाडौं महानगरपालिका समिति अध्यक्ष श्री शर्मिला थापा ज्यु, आजीवन सदस्य, साधारण सदस्य, स्वयंसेवक, विभिन्न संघसंस्थाहरु नव जागरुक युवा क्लबका अध्यक्ष अमृतजङ थापा, सार्वजनिक सम्पत्ति समाजका अध्यक्ष निर्मला पुडासैनी, मैजु कुमारी सेवा समाजका अध्यक्ष हरिभक्त महर्जन, कुमारीगल टोल सुधार समितिका अध्यक्ष रेनु गिरी, गौरीनगर सुधार समितिका अध्यक्ष सूर्य बहादुर श्रेष्ठ, नेपाल प्रहरी नारायणहिटी सुरक्षा गारद गुल्म, नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचौर, उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रतिनिधी, स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, शिक्षक, विद्यार्थीहरु गरी १ सय ५० जनाको उपस्थिति थियो । कार्यक्रमको संचालन कार्यालय प्रमुख बेलिना थापाले गर्नुभएको थियो ।

कार्यक्रमको समापन जेठ १२ गते सोमबार भएको थियो । समापन कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. ७ का सदस्य रुपा थापा क्षेत्री, चर्चित नायक रमेश उप्रेती, कलाकार निर्मल शर्मा, हरुअन्तर्राष्ट्रिय नेपाली शेफ सोसाइटीका महासचिव दिपक कार्की, योगदानको केन्द्रीय उपाध्यक्ष राहुल कौशल, सचिव विष्णु भण्डारी, कोषाध्यक्ष दीर्घराज भट्टराई, प्रवक्ता हिरण्यराज उप्रेती, केन्द्रीय सदस्य ललिता अर्याल, केशव प्रसाद दंगाल, रमिला श्रेष्ठ, दुर्गा प्रसाद राई, काठमाडौं महानगरपालिका समिति अध्यक्ष शर्मिला थापा, उपाध्यक्ष अमिता अधिकारी, सचिव दिनेश रुवाली कोषाध्यक्ष बिजना त्रिताल, गोकणेश्वर नगर समिति अध्यक्ष कृष्ण प्रसाद चौलागाई, सचिव रिता तिमिल्सिना, आजीवन सदस्य, साधारण सदस्य, स्वयंसेवकहरुको उपस्थिति थियो । तालिममा स्वास्थ्यकर्मी, प्रहरी, नेपाल स्काउट, ट्राफिक प्रहरी, विभिन्न संघसंस्थाका प्रतिनिधिह गरी १ सय ५० जनाको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन केन्द्रीय प्रवक्ता हिरण्यराज उप्रेतीले गर्नुभएको थियो ।

 

 

Leave a comment