धनकुटाको छथर जोरपाटी गाउँपालिकामा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा प्राथमिक उपचार सम्बन्धि तालिम सम्पन्न भएको छ ।
मिति २०८२ जेठ ९ गते शुक्रबारका दिन उक्त विद्यालयमा योगदान राष्ट्रको लागि बैकल्पिक केन्द्रीय सदस्य श्री प्रकाश निरौला ज्यु र सदस्य श्री पितम लिम्बु ज्यु ले प्रशिक्षण दिनुभएको थियो । उहाँहरुले विभिन्न प्रकार का दुर्घटनाहरुमा प्राथमिक उपचार कसरी गर्ने भन्ने सम्बन्धमा जानकारी गराउनुभएको थियो । नाकबाट रगत बगेमा, सर्पले टोकेमा, घाँटीमा अड्किएमा, पानीमा डुबेमा गर्नुपर्ने प्राथमिक उपचारको बारेमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा २०० जना विद्यार्थी र शिक्षकहरुको उपस्थिति थियो ।
