रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन

गोकर्णेश्वर नगरबासीलाई निःशुल्क ब्लड उपलब्ध गराउने उद्धेश्यले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ को आयोजनामा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ कार्यालय प्राङ्गण जोरपाटी चोकमा जेठ ७ गते बुधबार मासिक रक्तदान कार्यक्रम समापन भएको छ ।
योगदान रास्ट्रको लागी गोकर्णेश्वर नगर कार्य समितिको सहयोगमा ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) गोकर्णेश्वर नगर समितिको परामर्शमा नेपाल मेडिकल कलेज ब्लड बैंकको प्राविधिक सहयोगमा उक्त कार्यक्रम भएको हो । रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन भएको छ ।
नगर प्रबक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष श्री नारायण बहादुर सुवेदी ज्यु को प्रमुख आतिथ्यमा वडा सदस्य श्री लक्ष्मी पुडासैनी ज्यु को संयोजकमा वडा सदस्य श्री धर्म थिङ लामा ज्यु को उपस्थितिमा साथै समाजसेवी ब्यक्तित्व श्री दुर्गा सापकोटा ज्यु, सामाजिक ब्याक्तित्व सौरभ बस्नेत ज्यु , श्री महेश थारु , श्री चमन सुवेदी ज्यु, श्री घनश्याम गौतम ज्यु , श्री सन्जय पोखरेल ज्यु, श्री सन्जय आचार्य ज्यु , श्री वसन्त पौडेल ज्यु , श्री राजु ढकाल ज्यु, श्री शतीस पुडासैनी ज्यु, श्री कमल लामिछाने ज्यु, सामाजिक ब्याक्तित्व श्री ललिता उप्रेती ज्यु, श्री सम्झना सुवेदी ज्यु लगायत विभिन्न संघसस्थाका सामाजिक ब्याक्तित्वहरुको उपस्थितिमा कार्यक्रम भएको हो । योगदान रास्ट्रको लागि गोकर्णेश्वर नगर समितिका पदाधिकारी तथा सदस्य ज्यु हरु, मिडियाकर्मीहरुको उपस्थिति रहेको योगदान रास्ट्रको लागि गोकर्णेश्वर नगर कार्य समिति अध्यक्ष कृष्ण प्रसाद चौलागाईले बताउनुभयो ।

Leave a comment