योगदान राष्ट्रको लागि बकैया गाउँपालिका (मकवानपुर) समिति गठन

योगदान राष्ट्रको लागि बकैया गाउँपालिका (मकवानपुर) समिति गठन कार्यक्रम सम्पन्न भएको छ ।
मिति २०८२ जेठ ७ गते बुधबारका दिन हात्तीचुडे आधारभूत स्वास्थ्य इकाई, बकैया गाउँपालिका ३ मा भएको प्राथमिक उपचार सम्बन्धि जनचेतना तथा बकैया गाउँपालिका समिति गठन कार्यक्रममा विकास थिङको अध्यक्षतामा समिति गठन भएको हो ।
समितिको उपाध्यक्षमा भुपु माझि, कोषाध्यक्षमा शान्ति कुमारी स्याङतान, सचिवमा प्रदिप खड्का रहनुभएको छ । सदस्यहरुमा दिल बहादुर लोप्चन, भावना वाईबा, सिताराम राई, हरि बहादुर घले, अनिल कुमार राई, विश्वराज लामिछाने, कृष्ण बहादुर लामा, अमर लामा, बाबु रुम्बा र विन्दा रवाल चयन हुनुभएको छ ।
कार्यक्रम योगदान राष्ट्रको लागि मकवानपुरगढी गाउँपालिका समितिको आयोजना, हात्तीचुडे आधारभूत स्वास्थ्य इकाईको सहयोगमा भएको हो । कार्यक्रममा योगदान राष्ट्रको लागि केन्द्रीय अध्यक्ष ओम उप्रेतीले प्राथमिक उपचार सम्बन्धि प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य अभिषेक उप्रेती, रुपक कालिराज, बैकल्पिक केन्द्रीय सदस्य मिलन सेढाई, मकवानपुरगढी गाउँपालिका समिति अध्यक्ष तारा प्रसाद पाण्डे, आजीवन सदस्य सुमन्त सिलवाललगायतको उपस्थिति थियो ।

Leave a comment