योगदानको अन्तर्राष्ट्रिय अवार्ड कृष्ण प्रसाद भट्टराईलाई

योगदान राष्ट्रको लागि संस्थाले चितवन घर हाल युएईमा प्रतिष्ठित व्यवसायीको रुपमा परिचित श्री कृष्ण प्रसाद भट्टराई ज्युलाई अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरेको छ ।
बैशाख २८ गते (मे ११, २०२५) आइतबारका दिन बरदुबईको ब्लु प्यालेस होटलमा आयोजित योगदान राष्ट्रको लागि अन्तर्राष्ट्रिय भेला तथा प्राथमिक उपचार सम्बन्धि जनचेतना कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि युएईका लागि नेपाली राजदूत महामहिम श्री तेज बहादुर क्षेत्री ज्युले भट्टराईलाई अवार्ड प्रदान गर्नुभएको हो । केन्द्रीय अध्यक्ष ओम उप्रेती र युएई समिति अध्उयक्ष राजु शर्माले दोसल्ला ओढाउनुभएको थियो । भट्टराईले लामो समयदेखि व्यवसाय संचालन गर्दै आउनुभएको छ । उहाँले योगदान राष्ट्रको लागि संस्थालाई सुरुवात देखिनै सहयोग गर्दै आउनुभएको छ । उहाँ योगदानको आजीवन सदस्य, अन्तर्राष्ट्रीय प्रमुख सल्लाहाकार हुनुहुन्छ । युएईस्थित पोखरा ट्रेडिंग कम्पनीका प्रबन्ध निर्देशक समेत हुनुहुन्छ ।

 

 

Leave a comment